पर्यटकीय सम्भावना बोकेको पाँचमाने ओझेलमा
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको पाँचमाने पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ ।
पञ्चबुद्धसँग सम्बन्धित पाँचमानेको पूर्वतिर र तारकेश्वर महादेव मन्दिरको दक्षिणपट्टि शिवपुरीको काखमा पर्ने सो स्थान ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
पाँचमानेलाई पञ्चबुद्धको पवित्रभूमि समेत मानिन्छ । कुनै बेला प्रमुख व्यापारिकमार्ग बनेको सो स्थानले अहिले अलपत्र जस्तै छ ।
ऐतिहासिकस्थलको प्रचारप्रसार गर्न सकेको भए तारकेश्वरमा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन, यस क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्यका रूपमा विकास हुने स्थानीय बताउछन ।
तारकेश्वर नगरपालिका–३ ऐतिहासिक पाँचमाने भञ्ज्याङको नजिक भुवनेश्वरी मन्दिर समेत रहेको छ ।
प्रतिक्रिया