रुपन्देहीमा रोकियो रवि लामिछाने विरुद्धको मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा रुपन्देहीमा आज गर्ने भनिएको मुद्दा दर्ता प्राविधिक कारणले रोकिएको छ ।

अन्तिम तयारी भएपनि केही प्राविधिक कारणले आज मुद्दा दर्ता नहुने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले लामिछाने लगायत विरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको आरोप छ, जसमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइन्छ ।

प्रतिक्रिया