इजरायल र हमास बीचको युद्धविराम सम्झौता लगत्तै तेल अभिभमा सरकार विरोधी प्रदर्शन
एजेन्सी । इजरायल र हमास बीचको युद्धविराम सम्झौता लगत्तै इजरायलको तेल अभिभमा सरकार विरोधी प्रदर्शन भएको छ ।
हमासले बन्धक बनाएका इजरायली नागरिकहरूलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरू आज (बिहीबार) प्रदर्शनमा उत्र्रेका हुन् । बेपत्ता भएका मानिसको तस्बिर अंकित प्लेकार्ड सहित बेपत्ता भएका हरूका परिवार र आफन्तहरुले प्रदर्शन गरेका हुन ।
त्यस्तै, गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र हमास बीच सम्झौता भए पनि आक्रमण जारी राखेको हमासले आरोप लगाएको छ । हमास द्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले हवाई आक्रमण गरेको दाबी गरेको हो ।
नागरिक रक्षा एजेन्सीले इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको बताएको छ । इजरायली सेनाले यस बारे अहिले सम्म केही प्रतिक्रिया दिएको छैन । युद्धविराम सम्झौता आइतबार देखि मात्र लागू हुनेछ ।
प्रतिक्रिया