भारतीय अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ ।

भारतीय प्रहरीका अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न  जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफमाथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा प्रहार गरेका थिए त्यसपछि सैंफ घाइते भएका हुन् । अहिले उनको उपचार भइरहेको छ ।

अस्पतालका अनुसार सैंफको शरीरमा  छ ठाउँमा चोट लागेको छ । जसमध्ये दुईवटा गहिरो छन्। एउटा घाउ मेरुदण्डको छेउमा छ। उनको शल्यक्रिया भइरहेको छ। चोट कति गहिरो छ, शल्यक्रियापछि थाहा हुनेछ ।

सैफकी पत्नी करीना कपुरको पीआर एजेन्सीले पनि हिजो राति उनको र सैफको घरमा चोरीको प्रयास भएको जानकारी दिएको छ । सैफको हातमा चोट लागेको जनाएको छ । परिवारका अन्य सदस्यहरु सकुशल रहेका छन् । आफ्ना प्रशंसकहरुलाई धैर्यता सलन पनि करीनाको एजेन्सीले आग्रह गरेको छ ।  

घटनाबारे  अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । उनको  लीलावती अस्पतालमा उपचार भइरहेको हो । ब्रान्डाको घरमा अज्ञात व्यक्तिले सैंफलाई  आक्रमण गरेको थियो। 
 

प्रतिक्रिया