पार्टीका मन्त्रीहरुलाई बुढानीलकण्ठ आउन देउवाको आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका मन्त्रीहरुलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई सामूहिक रुपमा छलफल गर्न बिहीबार बिहान बुढानीलकण्ठमा आउन आह्वान गरेका हुन् ।
सरकार गठन भएको ६ महिना बित्दा पनि प्रधानमन्त्री केपी कर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको र अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।
पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई\दुई महिनामा छलफल गर्ने कांग्रेसले निर्णय गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो भने, दोस्रो बैठक बिहीबार बस्दै छ ।
बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरु पनि उपस्थित हुने जनाइएको छ । कांग्रेसबाट १० जना मन्त्री र २ राज्यमन्त्रीसहित १२ जना सरकारमा सहभागी छन् ।
प्रतिक्रिया