पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली, अध्यादेशबारे जानकारी दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएका अध्यादेशबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

सरकारले पुस २६ गते विभिन्न ५ वटा अध्यादेश ल्याएको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पाँच अध्यादेशमध्ये ४ वटा मात्र जारी गरेका थिए, भने एक अध्यादेश होल्ड गरेका छन् ।

प्रतिक्रिया