प्रचण्डको बिफ्रिङ– सरकार मध्यावधि निर्वाचनमा जान्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अध्यक्ष दाहालले सरकारले मध्यावधिमै जाने तयारीस्वरुप अहिले विभिन्न अध्यादेश जारी गरेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्तारुढ कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको दाहालको भनाइ छ ।

‘संविधान संशोधन अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपी जीले भन्नुभयो । कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,’ उनले भने, ‘यो सन्दर्भमा सरकारको मूल नेतृत्व मध्यावधिमा जाने लाइनमा छ । सरकार यसैमा अग्रसर छ ।’

प्रतिक्रिया