सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक बोलाएको छ ।
बैठक सिंहदरबार स्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।
सरकारले केही दिन अघि जारी गरेको अध्यादेश, संसद बैठक बोलाउन दबाब दिने लगायत समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरू बस्न लागेको बताइएको छ ।
विपक्ष दलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायत छन्।
प्रतिक्रिया