रवि लामिछानेको मुद्दामा थुनछेक बहस आज पनि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेको मुद्दाको थुनछेक बहस आज (बुधबार) पनि जारी रहने छ ।
यसअघि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सकिए पछि थुनछेक बहस शुरु नभएपछि लामिछानेलाई हिरासतमा राख्ने आदेश भएको थियो । अब आज लामिछाने सहित काठमाडौंको कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा आरोपितको थुनछेक बहस मंगलबार सार्बजनिक बिदा भएकाले आज फेरी शुरु हुने भएको हो ।
गत बिहीबार कास्की जिल्ला अदालत बाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जना विरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।
स्वर्णलक्ष्मी सहकारी बाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
कास्कीबाट छुटेका रवि विरुद्ध अबकाठमाडौं सहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।
प्रतिक्रिया