जमिन ओगटेको ३० बर्ष बित्दा पनि निर्माण भएन् कलेज

काठमाडौं । जमिन ओगटेको तीस बर्ष बित्दा पनि महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेज निर्माण हुन सकेको छैन ।

बतास समूह अन्तर्गतको बापो होल्डिङ्सद्वारा सञ्चालित मणिपाल एजुकेशन तथा मेडिकल ग्रुपले जग्गा ओगटेर राखेपनि जलेश्वरमा इन्जिनियरिङ कलेज सञ्चालनमा नल्याएको हो ।

जलेश्वर नगरपलिका–७ का स्थानीयहरुको स्वामित्वमा रहेको ३५ बिघा जग्गा सस्तो मुल्यमा किनेर अहिले बेच्न खोजेपछि स्थानीय आक्रोशित छन । 

इलेक्ट्रिकल, सिभिल, कम्प्यूटर लगायत ५ विषयको इन्जिनियरिङ कलेज सञ्चालन हुने भएपछि सस्तो दरमै जग्गा बेच्ने स्थानीय निरास भएका हुन ।

जुन कामको लागि जमिन लिइएको त्यसमा प्रयोग नगरी मणिपालले जनतालाई ठग्ने काम गरेको जनप्रतिनिधि र उद्योगीको पनि गुनासो छ । 

कलेज निर्माण तथा सञ्चालनका लागि गुरुयोजना बनिसकेको र सम्बन्धन लिने तथा अन्य प्राविधिक काम भैरहेकाले ढिलाइ भएको मणिपाल एजुकेशन तथा मेडिकल ग्रुपको बताउदै आएको छ ।

शैक्षिक प्रतिष्ठानको स्थापना हुने आशा गरि १० हजार प्रति कठ्ठाको दरले जलेश्वर बजराही टोलका ७० घर परिवारले मणिपाललाई जग्गा दिएका थिए ।

प्रतिक्रिया