लोकतन्त्रको विगुल फुकेका प्रशारण संस्थाहरु चाकडी गर्न थालें : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विषेशको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको गुनासो गरेका छन ।
आज सार्वजनिक सेवा प्रसारण पिएसबीको पूर्वारम्भ कार्यक्रममा उनले कानूनी जटिलताका कारण संस्थाको सिद्धान्त अनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका हुन । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।
मन्त्री गुरुङले पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रशारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । सार्वजनिक सेवा प्रशारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।
सार्वजनिक सेवा प्रशारण संस्थाहरुले विश्वभरी सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । नेपालका प्रत्येक भुगोलमा समाचार सेवा पुर्याउन सकेको ठूलो उपलब्धी मान्नुपर्ने उनले स्पष्ट पारे ।
प्रतिक्रिया