प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आज देखि शुरु

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (मंगलबार) बाट शुुरु हुँदैछ ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने उदघाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशको सामना गर्नेछ । अर्को खेलमा एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ । आगामी माघ १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी छन । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन । 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले  पाँच लाख पुरस्कार पाउने छ ।  दोस्रो हुनेले  तीन लाख, प्लेयर अफ द सिरिजलाई  ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई  २५ २५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई  तीन हजार पुरस्कार दिइने छ । 

प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने बताइएको छ । प्रतिायोगिता बाट नेपालको राष्ट्रिय क्रिकेट टिम छनोट हुनेछ । क्यानले प्रधानमन्त्री कप पछि चार देशको महिला क्रिकेट शृंखला नेपालले नै आयोजना गर्दैछ ।

प्रतिक्रिया