यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

देशको कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहेको छ । 

आज दिउँसोे कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसका बीचमा रहने अनुमान  गरिएको छ । 

आज सूर्यदय बिहान ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३० मिनेटमा हुनेछ । 

प्रतिक्रिया