कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्यासिफिका ट्राभल द्वारा सञ्चालित उक्त विमान बुधवार जुराडो बाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए ।

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने,“दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामी सँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन् । प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ ।” “हामीले यो प्रक्रियालाई सकेसम्म छिटो र प्रभावकारी बनाउन प्रयास गरिरहेका छौं,” उनले थपे ।

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । “हामी सधैं तिनीहरूको साथमा रहनेछौं । यस दुखद घटना बाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौं ।”
रासस 

प्रतिक्रिया