शुल्लाफाँटामा भारतीयले खेतीपाती गरेकोबारे  कुटनीतिक पहलबाट समाधान गरिने

काठमाडौं । गृृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री लेखकले  आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताएका हुन् ।  बैठकमा मन्त्री लेखकले भारतीय नागरिकले कञ्चनपुरको शुल्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिए ।

उक्त क्षेत्रमा सीमासम्बन्धी विवाद नरहे पनि सीमास्तम्भ राख्न पर्ने आवश्यकता औँल्याउँदै गृहमन्त्री लेखकले द्विदेशीय संयन्त्रमार्फत सीमास्तम्भ राखिने भएकाले त्यसनिम्ति कूटनीतिक माध्यमबाट छलफल भइरहेको बताए । 

बैठकको प्रारम्भमा समितिका सदस्यद्वय रघुजी पन्त र दिलेन्द्रप्रसाद बडूले शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीयले प्रयोग गरेको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए । 
रासस

प्रतिक्रिया