बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
![](https://snowberry.prixacdn.net/media/gallery_folder/prakashman-singh_6sQNV9QoWE_qbtpaqimpafdvwqyvkmrbab0y8od43po5djmw6zzg8ecehmlebu5ojyado6y_z2VpDK4r26_gss0c3qk5zxb6uhs49v1hftb0pjnjqn6g6g9pwqlhitsucx6pe3ab0jkftce.gif)
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताएका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगरप्रमुख तथा उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनाबारे आज गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले अबका योजना प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताए ।
“बागमती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरता दिएका छौँ । बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अगाडी बढाउँछौँ, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,” उनले भने, “यहाँको वातावरण सहुाउनेगरी योजना अघि बढाउँछौँ । कार्ययोजनामा छलफलमा आएका सुझाव समेटेर सरोकारवालासँग छलफल गरी अन्तिम रुप दिन्छौँ ।”
बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ अन्य नदीको समेत अध्ययन गरेर प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र वर्गिकरण गरेर अध्ययन गर्नेछ ।
बीस वर्षे कार्ययोजनाको लागत अनुमान रु दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ बारे छलफल गरेको हो ।
![सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/sudur%2520pradesh%2520sava_5MGFhEvJQo_iqparjv4wfvik9vfjygqh6xp1hikcnclw6rlenyyjkdjzkm1duqu5g3hsxak_MLbmH2BzTi_amxdgqij1jaclrc2slvp4cocvpnowiorqug12jlpwczmwxomsyzs3rg4oczz.jpg)
सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पारित
![बागमती प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Bagmati-pradesh_69hxvYjauy_ltaipzmy9uefoot7ecdeqzfbhzgs9mhsdwv8hgbhgf3jpnoceo5tpks8djlb_fSwsW9XkuT_nwtlvkjcb6ux7zp9gxg34nq0jdhroc0voipyojmjbdyze1oucudqw0weztuj.gif)
बागमती प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता
![कर्णाली प्रदेश सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित](https://snowberry.prixacdn.net/media/gallery_folder/karnali_8mf1xn09qU_ewo4kswiinmlu8jwte5yrzdf5j6rdifwxh5awn8zredlffoeqlebab8ayma0_V13GmS8R8s_x1avcliixgv2t5muoyegtyyt7rif0yquk5y7w46a3uubcf2fhmyltrh7jqqg.jpg)
कर्णाली प्रदेश सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित
कोशी प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल शुरु
![एनआरएन अध्यक्षद्वारा सभापति देउवाको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/NRNA-logo-latest_3JK4IRy8zR_zzuv3oofe80d1f5nfxr9ackjfpc6vltsoe0owe7ra2ytmijr89vhrjvzz0k3_btKBVkOshF_2oyb2d8mgcjjyqrezkynjmwae1l4ftu1j8uojo7kkbhmswm6at90vu96gaq2_Sm2bBi11r1_esquwr0kuikcexr02ei8qqo8xbitjkx7jo6ip1dfewrizgd2lz7g6kbqzlmc.jpg)
एनआरएन अध्यक्षद्वारा सभापति देउवाको ध्यानाकर्षण
![सुदूरपश्चिम प्रदेशसभा : ७ वर्षमा बने ६७ कानुन](https://snowberry.prixacdn.net/media/gallery_folder/sudur%2520pradesh%2520sava_HNLaQhsVvp_weicdbtd5cfe1ie6hifcjsheb4z899nux3dsedif4mhsbykj5auhjuqo9cqw_xLllBTFMYS_vybnlsgxob2hx7ot5a5t51ihanqwebiiqogoknjflo7tvedd2z16kvswhr3p.jpg)
प्रतिक्रिया