मधेश प्रदेश सभाको चौथो अधिवेशन शुरु
धनुषा । मधेश प्रदेश सभाको चौथो अधिवेशन शुरु भएको छ । अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।
तीन महिनादेखि बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र सभामुख मण्डलले पढेर सुनाएका थिए । बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्ययक्षता गर्ने सदस्यको मनोनयन गरेको छ ।
प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि हरिनरायण महतो, चन्दन सिंह, जवाहर कुशवाहा, रमेशप्रसाद कुर्मिलाई मनोनयन गरेको हो ।
मधेश प्रदेशसभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संशोधन सहितका ‘बिजनेस’ प्रदेशसभामा छन् ।
प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले “मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन” सभामा पेश गर्ने कार्यसुची रहेको छ ।
![सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/sudur%2520pradesh%2520sava_5MGFhEvJQo_iqparjv4wfvik9vfjygqh6xp1hikcnclw6rlenyyjkdjzkm1duqu5g3hsxak_q3DqOWrbeD_ba8cactlmsngiha7eixyhewotupgacyumor7hhqzdgelpbmoeolhroywnmeh.jpg)
सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पारित
![बागमती प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Bagmati-pradesh_69hxvYjauy_ltaipzmy9uefoot7ecdeqzfbhzgs9mhsdwv8hgbhgf3jpnoceo5tpks8djlb_fSwsW9XkuT_nwtlvkjcb6ux7zp9gxg34nq0jdhroc0voipyojmjbdyze1oucudqw0weztuj.gif)
बागमती प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता
![कर्णाली प्रदेश सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित](https://snowberry.prixacdn.net/media/gallery_folder/karnali_8mf1xn09qU_ewo4kswiinmlu8jwte5yrzdf5j6rdifwxh5awn8zredlffoeqlebab8ayma0_Ysm1tvS008_kgwddlf1c46ut1vu3ccdfo3j9itekrseyu39y641ua6xw9grwjvedk38xyqe.jpg)
कर्णाली प्रदेश सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित
कोशी प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल शुरु
![एनआरएन अध्यक्षद्वारा सभापति देउवाको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/NRNA-logo-latest_3JK4IRy8zR_zzuv3oofe80d1f5nfxr9ackjfpc6vltsoe0owe7ra2ytmijr89vhrjvzz0k3_btKBVkOshF_2oyb2d8mgcjjyqrezkynjmwae1l4ftu1j8uojo7kkbhmswm6at90vu96gaq2_Sm2bBi11r1_esquwr0kuikcexr02ei8qqo8xbitjkx7jo6ip1dfewrizgd2lz7g6kbqzlmc.jpg)
एनआरएन अध्यक्षद्वारा सभापति देउवाको ध्यानाकर्षण
![सुदूरपश्चिम प्रदेशसभा : ७ वर्षमा बने ६७ कानुन](https://snowberry.prixacdn.net/media/gallery_folder/sudur%2520pradesh%2520sava_HNLaQhsVvp_weicdbtd5cfe1ie6hifcjsheb4z899nux3dsedif4mhsbykj5auhjuqo9cqw_HJe4WeuWSU_pp4lhsgto3fkdlolw3163i8unciunp5qv4r1pxitegczugjvubssrapxkyap.jpg)
प्रतिक्रिया