एन.पि.एल. : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै

काठमाडौं । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एन.पि.एल.)मा आज (शुक्रबार) दुई खेल हुँदैछ । 

आज बिहान ९ बजे शुरु हुने पहिलो खेलमा एक खेल अगाडि नै प्ले अफ बाट बाहिरिएको लुम्बिनी लायन्स र कर्णाली एक्स भिड्दैछन् ।  

रोहित पौडेलको कप्तानीमा लुम्बिनी र सोमपाल कामीको कप्तानीमा कर्णाली रहेको छ । प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ । लुम्बिनी लायन्स जित सहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । लिगमा ६ खेल खेलिसकेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । 

यस्तै, आज नै हुने दोस्रो खेलमा विराटनगर किङ्स  र चितवन राइनोज भिड्नेछन् । उध्m खेल दिउसो १ बजे हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा छ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ । चितवनले यो खेल जितेमा विराटनगर प्लेअफ दौड बाट बाहिरिनेछ ।
 

प्रतिक्रिया