सहकारी बचतकर्ताको रकम अपचलन गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सहकारी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज प्रेस विज्ञप्ति निकालेर सहकारी समस्याप्रति ध्यानाकर्षण भएको भन्दै समस्याको सार्थक समाधान खोजेर बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई निर्देशन दिएको हो ।
विज्ञप्तिमा व्यक्तिको आर्थिक, सामाजिक र सांकृतिक अधिकारको हनन भएको उल्लेख छ । आयोगले विगतमा सहकारी पीडितको समस्या समाधान गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वयन नभएकोमा चिन्ता प्रकट गरेको छ ।
राज्य र पीडितबीच भएका सहमति कार्यान्वयन गर्न, शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत अधिकारको संरक्षण गर्न साथै सहकारीमा देखिएको कानूनी, नीतिगतलगायत सबै प्रकारका समस्याहरू समाधान गर्न आयोगले ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया