कर्मचारीहरू नेता बोकेरै मन्त्रालय आउँछन्, मलाई हैरान भइसक्यो : मन्त्री गुप्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rajkumar-gupta_1eceLVTD6o_mbtfgfg9av1mipvmstwx31lkvk6la2dn80kgv9wq6yo7qgotsun4yky35pin_AVX2Xv2RQ9_stk7kwli3u29ent1ydpojrred0uplkw1pswrfqqozahwdxtouru38zznobri.jpg)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन समेत अधिकांश कर्मचारीहरूले नेता बोकेरै आउने गरेको बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले अनावश्यक दबाब दिन कर्मचारीहरू कुनै न कुनै नेता लिएर मन्त्रालय आउने गरेको बताए ।
सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए ।
‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउँदै मन्त्री गुप्ताले भने, ‘मुख्यसचिवजी, साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट मलाई हैरान भइसक्यो ।’
अब आउने ३९औं ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहो¥याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ ।
‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाईंहरूले गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ,’ उनले भने ।
![इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/indonesia_Qxow9P4LcF_7xbags6x6ht7ajyjtvgohbfa70pdrdvw4bvj5bvt0ousn2dlk7f6qgdponil_xdjkLVODhh_omjfnr6qorum9jkatg0nrjqdk1hu9dtqhdh5dhk6ebwzwyol26dfg1nagkpg.jpg)
इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते
![कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/view%2520(2)%2520(1)_W281XHqw8r_03txmamqdee2n4r65kizinmftq9mqijubi8aosxotesrqaymumtnvr54hmlf_H1YzGPnKHJ_jyj19p7i3mvsjfq7urbdklfcismif2ncvsiyctqopaxanbrol2luayv9fsek.jpg)
कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता
![भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Indian-Army-real-heros_rnlJKdjVl5_jnv8kbkmmizv0lr1vx80r9gt1spbesdoqxtekqz2jnedidfxhg8bjjx9y5fr_tHroDRXZzO_ap3wh5xshsvdxxbkhm5ymbbhu7ylykqohk1c84utewoijl6uhgwibwkuhdjs.jpg)
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु
![राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_2009_i6SCPtxi49_avfvd6fxgxk8dafihs6lbjqztmhlididiqsiwohmos37pjbayznbeopziu8b_2lNueRwIFF_ul4no41zypeycgulntx90pdvzqzho0jbjtk7fxgjapffd1te1b7t4f9lfr9c.jpg)
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
![सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल](https://snowberry.prixacdn.net/media/gallery_folder/SA_Narayanghad-Prachanda_WPvARI6NSt_mkkagkxdeyrd2butsqzlqnsfttaylxk5il0utk8ey08my0byt9gawcv6a37s_QbfYhuw7aC_b2fvvnyk2d3lcvfchedntmh97dexz3a2bkltxhtluatc6mxs8ugcrzh6bhib.jpg)
सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल
![पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20250121_133125_Jzyu6yhe7D_pbaccnjuurvvpl8rtuqtyw9wtjtsroqqk9nwul8zklthmdc2i7v1rr02wbaw_vj7eOpHxEP_ee2wjkwccn6caebyb63fhh3xetlnwb2r9uvfbt0q6kyiuobf9vvf5y1v17by.jpg)
पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने
![प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट](https://snowberry.prixacdn.net/media/gallery_folder/pm%2520oli_xxXemO1OMM_udqwh7yyjhlvh2zdjf7tonpa8faqufrqodpki0xdetffnc7sxhqanaebrxqz_PCuNFR4l6Y_fg9sh1qebo2hajxz0oe4spobwflvb0zffzcaddrx5wb7gel3qivratfqi4kt.jpg)
प्रतिक्रिया