यो उपनिर्वाचन सर्वोच्च अदालत हो : अध्यक्ष दाहाल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताएका छन् ।
कीर्तिपुरमा माओवादीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार पक्षलाई भ्रष्टाचारी भन्दै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।
‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’, उनले भने, ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’
प्रचण्डले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भएपनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतम संग्रह जस्तै भएको बताए ।
साथै उनले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको सङ्केत दिने बताए ।
प्रतिक्रिया