कीर्तिपुर उप-निर्वाचन : सत्तारूढ दल नै एक अर्का सँगको प्रतिस्पर्धामा
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदको निर्वाचन रोचक बन्दै गएको छ ।
सत्तारूढ दल नै एक अर्का सँगको प्रतिस्पर्धामा उत्रिएपछि प्रमुख प्रतिपक्षी दल माओवादी त्यसको फाइदा लिनेगरी मैदानमा उत्रिएको छ । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनमा कीर्तिपुर नगरपालिकामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्रकै उम्मेदवारका बीचमा त्रिपक्षीय प्रतिपस्पर्धा हुने देखिएको छ ।
कीर्तिपुरको नगरप प्रमुख एमालेका डा. सुरेन्द्र मानन्धर, कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्र बाट प्रा.डा. शिवशरण महर्जनले उम्मेदवारी दिई अहिले घरदैलो, भेटघाट गर्दै मत माग्नमा व्यस्त रहेका छन् ।
यसैगरी, स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी सहितका उम्मेदवारको पनि चर्चा उल्लेख्य छ । रा.प्र.पा.बाट ध्रुव महर्जनले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको गढ भत्काउँदै कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी निर्वाचित भएका थिए ।
प्रतिक्रिया