खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना
सिरहा । लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ ।
यसक्रममा सोमबार उपप्रमुख राम चलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए ।
अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताउनुभयो । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।
रासस
प्रतिक्रिया