एभिन्यूजले देउसी भैलो कार्यक्रम गर्दै,प्रथम हुनेलाई १ लाख ११ हजार पुरस्कार

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले यस वर्ष पनि तिहारको अवसरमा मौलिक देउसी भैलो समूह प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

एभिन्यूजका अनुसार देउसी भैलोको समूह प्रतिस्पर्धाका लागि यही कार्तिक १२ र १३ गते कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि एभिन्यूज खबरले इच्छुक समूहलाई प्रतियोगितामा सहभागिताका लागि आब्हान गरेको छ ।

आफ्नो मौलिक कला,संस्कृति परम्परा र रीतिथिती जगर्ना गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको पनि एभिन्यूजले जनाएको छ । कार्यक्रम महाराजगञ्ज स्थित एभिन्यूजको प्राङगणमा हुनेछ । बिगत वर्षहरुमा पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र जगेर्ना गर्ने उद्येश्यले एभिन्यूजले देउसी भैलो प्रतियोगिताको आयोजना गर्दै आएको थियो ।

सातौं संस्करणको यो प्रतियोगिताका लागि समूह दर्ता र प्रवेश शुल्क निःशुल्क गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख ११ हजार १११ रुपैयाँ ११ पैसा भेटी र देउसी भाग प्रदान गरिनेछ । त्यसैगरी द्वितिय हुने समूहलाई ५५ हजार ५५५ रुपैयाँ ५५ पैसा भेटी र देउसी भाग प्रदान गरिनेछ । यस्तै तेस्रो हुने समूहलाई ३३ हजार ३३३ रुपैयाँ ३३ पैसा भेटी र देउसी भाग प्रदान गरिनेछ । समूहको नाम र दर्ताका लागि ९८४१५९४५२९ र ९८२७६२७१८३ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिनेछ । अथवा [email protected] मा पनि सम्पर्क गर्न सकिनेछ । 

प्रतिक्रिया