सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै खबरदारी र्याली
काठमाडौँ । काठमाडौं उपत्यकाका सडक तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । बिहीबार भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजको माग राख्दै कुपण्डोलबाट माइतीघर मण्डलासम्म र्यालीसहित खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।
३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी सहित पहल थालेको छ ।
कैलालीमा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया