हरियो सिङ भएका खसी बोका खरिद गर्न पशु सेवा विभागको सुझाव

काठमाडौं ।  काठमाडौं उपत्यकामा खसी बोका पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँची बाट भित्रने क्रम सुरु भएको छ । 

चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रे बाट खसी बोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दशैंमा काठमाडौं उपत्यकामा ४५ हजार खसी बोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङ बाट भेडा च्याङ्ग्रा र ल्याइँदै छन् । 

काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रति किलो सात सय २० देखि  सात सय ५५, पहाडका खसी छ सय ७० देखि सात सय पाँच, बोका छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रति किलो एक हजार तीन सयमा बिक्री भइरहेका छन् । काठमाडौं उपत्यकाको टुकुचा खोला किनारको बजार बाट ११ हजार खसी बोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए । 

सिङमा हरियो रङ छिटेको हेर्नुस्

यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसी बोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिएको पशु चिकित्सक योगेन्द्र प्रसाद शर्माले भने । “स्वस्थ खसी बोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।” 

विभागले स्वस्थ खसी बोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाब दिएका छन् । 
रासस 

प्रतिक्रिया