दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौं ।  यातायात व्यवसायीले दशैंको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवसायीले यही असोज १२ गते शनिबारबाट यातायात व्यवस्था विभागको समन्वयमा अग्रिम टिकट बुकिङ  खुला गरेका थिए ।तर बिभिन्न राजमार्ग र सडकहरुमा अबिरल वर्षाका कारण पहिरो गएको तथा जाने क्रम भइरहँदा  बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढी पहिरोका कारण सडक बिग्र्रिएर काठमाडौं बाहिरका लागि हिजो अस्तिदेखिनै छुटेका गाडीहरु गन्तब्यमा पुग्न नसकेका र बाटोमै रोक्रिएका कारण यसबारे सोच्नु पर्ने अवस्था आएको बताए । उनले भने “ सबैतिर सडकको अवस्था भद्रगोल छ,बीपी राजमार्गको अवस्था पनि त्यस्तै छ, असोज १० मै टिकट काटेकाहरु पनि घर पुग्न पाएका छैनन”। बाढी पहिरोका कारण सवारी साधनहरु बटोमै रोकिएका छन् । 

सिटौलाले सडकको अवस्था राम्रो हुँदा आफूहरुलाई बस चलाउन कुनै समस्या नभएको बताए । यसबारे ब्यवसायीहरुले आजै यातायात व्यवस्था विभागसँग कुराकानी गर्ने बताइएको छ । अग्रिम बुकिङ नगरी टिकट बिक्री गरेर सार्वजनिक बस चलाउने अवस्था आएको यातायात व्यवसायी बताउाछन् । 

प्रतिक्रिया