काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम

काठमाडौँ । बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका प्रवक्ता रविन कार्कीले  जानकारी दिए ।

यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको उनले सुनाँए । दक्षिणकालीबाट फाखेल हुँदै हेटाँैडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ । नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ ।

यसैगरी स्वयम्भूमा गुडिरहेको बाइकसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । बाइक भेटिएपनि मानिस अझै वेपत्ता भइरहेको जनाइएको छ । बालाजु नयाँ बसपार्क क्षेत्रमा बाइक खोलाले बगाएको छ । मानिस भने सामान्य अस्थामा छन् ।
 

प्रतिक्रिया