शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने

एजेन्सी । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । 

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का नेता फुमियो किशिदा पछि जापानको भावी प्रधानमन्त्रीको नाम शुक्रबार अनुमोदन भएको हो । शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ६७ बर्षिय इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् । पार्टी नेताको निर्वाचनमा पाँचौं पटकमा इसिबाले जित हासिल गरेका छन् ।

संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनी पूर्व रक्षा मन्त्री समेत हुन् । जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । 

प्रतिक्रिया