अमेरिकामा प्रधानमन्त्री ओलीसमक्ष हिन्दूराष्ट्रसहित राजतन्त्र, प्रदेश खारेजी लगायतको माग

टेक्सास र लस एञ्जलसमा वाणिज्य दुतावास स्थापनाको माग

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । पानसका महासचिव डा. शंकर बिसुन्केले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

 पत्रमा भनिएको छ, ‘वर्तमान सरकार संविधान संशोधनको एजेण्डासहित बनेकाले राजतन्त्र र वैदिक सनातन हिन्दूराष्ट्र निर्माणमा जनताको जनभावनालाई सम्बोधन गरी सबै पक्षलाई स्वीकार्य र अपनत्व लिने संविधान पुर्नलेखन र देशले धान्ने नसक्ने संघीयता खारेजीतर्फ संशोधन गर्न माग गर्दछौं ।’

ज्ञापनपत्रमा नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुनस्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विभिन्न ८ बुँदा समावेश गरिएको छ। ज्ञापनपत्र मार्फत पानस अमेरिकाले टेक्सास र लस एञ्जलसमा वाणिज्य दुतावास स्थापनाको लागि माग समेत गरेको छ ।  

प्रतिक्रिया