विश्वका नेताहरुद्वारा लेवनानमा अस्थायी युद्ध विराम गर्न आग्रह

एजेन्सी । इजरायल र हिजबुल्लाहबीचको युद्ध नरोकिने अवस्था देखेपछि अमेरिका, बेलायत र युरोपियन युनियन सहितका अन्य देशहरुले लेवनानमा अस्थायी युद्ध बिराम गर्न आह्वान गरेका छन्।

ती देशहरुले संयुक्त विज्ञप्ति जारी गर्दै २१ दिनको लागि युद्ध विराम गर्न दुबै पक्षलाई आग्रह गरेका हुन् । त्यसैगरी इजरायल र प्यालेष्टाइन बीच गाजामा भइरहेको युद्ध पनि तत्काल रोक्न आग्रह गरेका छन् । कुटनीतिक  पहल मार्फत युद्ध समाधान खोज्नु पर्ने भन्दै ती देशहरुले इजरायल र हिजबुललाह तथा इजरायल र  प्यालेष्टाइनको युद्ध रोक्न आग्रह गरेका हुन् । 

इजरायलका सैन्य प्रमुखले हिजबुल्लाह बिरुद्ध हवाइ मात्रै नभइ स्थलमार्ग बाट पनि आक्रमण गर्न सकिने बताएपछि ती देशहरुले युद्ध विरामको लागि आग्रह गरेका हुन् । संयुक्त विज्ञप्तिमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले हस्ताक्षर गरेका छन् । अमेरिकाको  न्यूयोर्कमा संयुक्त राष्ट्र महासभामा विश्व नेताहरूको बैठक पछि यस्तो आग्रह गरिएको हो । अमेरिकी राष्ट्रपति जो वाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा जारी अर्काे युद्धले सर्व‘ाधारण नागरिक ज्यादै प्रभावित भएकाले त्यस तर्फ ध्यान दिन पनि युद्धरत पक्षलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया