अर्थ मन्त्री पौडेल र चीनका उप-प्रधान मन्त्री लिफेङ बीच बेइजिङमा भेटवार्ता

काठमाडौं । उप-प्रधान मन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल र चीनका उप-प्रधान मन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा बुधबार भेटवार्ता भएको छ । 

भेटका अवसरमा दुई देशका आफसी हित र सहयोग बारे छलफल भएको छ । भेटका क्रममा चीनका उप-प्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । 

उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उप-प्रधान मन्त्री एवं अर्थ मन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् ।

त्यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् ।
 

प्रतिक्रिया