नेप्सेमा भारी अंकको गिरावट, परिसूचक २४७० बिन्दुमा

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ को विन्दुमा पुगेको छ ।

मंगलबार ३०९ कम्पनीका ७७ हजार २ सय ६४ पटकको कारोबारमा १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।१० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ भने एउटा स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै घटेर राताम्मे भएका छन् भने एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिक्रिया