श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए आफ्नो नाम फिर्ता

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले संसदीय समितिबाट आफ्नो नाम फिर्ता लिएका छन् । 
भट्टराईले स्नातक तह उतीर्ण गरेको प्रमाणपत्र बुझाउन आफ्नो नाम राजदूतबाट फिर्ता लिएका हुन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो । भट्टराईले प्रमाण पत्र बुझाउनुको सट्टा नाम नै फिर्ता लिएका हुन् ।

समितिसमक्ष  प्रमाणपत्र बुझाउनका लागि उनले समय माग्दै आएका थिए । मंगलबार पनि उनले असोज ११ गतेसम्म समय माग गरेका थिए । तर समितिकी सभापति ईश्वरी न्यौपानेले अब थप समय दिन नसकिने भन्दै भट्टराईले आफै नाम फिर्ता लिन वा समितिले अस्वीकार गर्ने भन्ने विकल्प मात्रै भएको बताएकी थिइन् । त्यस पछि भट्टराईले आफ्नो नाम राजदूतबाट फिर्ता लिएका हुन् । 

प्रतिक्रिया