नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले  वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले यातायात क्षेत्रलाई जति प्रतिस्पर्धी बनायो त्यत्ति नै नागरिकले सेवा पाउने हुँदा नागरिकलाई सुविधा हुने गरी यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन व्यवसायीलाई सुझाव दिएका हुन् । मुख्यमन्त्री कँडेलले सुरक्षा जाँचलाई थप सहज बनाउन पनि निर्देशन दिए । 
राजमार्गमा यात्रु जाँचको नाममा ठाउँठाउँमा जाँच हुने यातायात व्यवसायीले गुनासो गरेपछि मुख्यमन्त्री कँडेलले सुरक्षा जाँच गर्ने अधिकार भए पनि आवश्यकताका आधारमा राजमार्गमा जाँचको व्यवस्था गर्नुपर्ने बताए । मुख्यमन्त्री कँडेलले जनशक्ति र साधन स्रोतको अभावका कारण पनि ट्राफिक प्रहरीले देखाएको सक्रियताको प्रशंसा गरे । 
 

प्रतिक्रिया