न्यूयोर्कमा प्रधानमन्त्री ओली, लक्ष - यु एन कि साइडलाइन ?

काठमाडौं । सामान्यता नेपालमा सरकार परिवर्तन पछि होडबाजीकै शैलीमा प्रधानमन्त्रीलाइ शुभकामना दिने प्रचलनमा यसपल्ट सरकार गठन हुदा यो औपचारिकतामा बिचलन आएको थियो ।

सम्भवत कुनै राष्ट्रको सदभाव प्राप्त नगरेको ओली सरकार भारतको आशिर्वादको लागि बेचैन हुनु स्वाभाविक थियो । र संयुक्त राष्ट्र संघको यो अधिबेसनमा भारतीय प्रधानमन्त्री मोदी भेट्न  लालायित हुनु ओलीको लागि उनको राजनीतिमा भोलिको  बिरासतको लागि आवश्यक मात्रै होइन, सरकार टिकाउनको लागि पनि उत्तिकै जरुरत छ । त्यसैले संयुक्त राष्ट्र संघको बिजनेस भन्दा मोदी सँगको साइडलाइन उनका लागि अति आवश्यक छ । त्यसैले उनले सरकारको भएभरको शक्ति भारतले अन्तिम समयसम्म 'ग्रीन सिग्नल' नदिए पछि जसरि होस् , निश्चित गर्न आरजु राणा लाइ दबाबमा राखे । तर शनिबार साँझसम्मको भारतीय  प्रधानमन्त्री मोदीको निर्धारित कार्यक्रममा  प्रधानमन्त्री ओलीलाइ भेट्ने कार्यक्रम कहिँ देखिदैन । र सुत्र भन्छ दुइ प्रधानमन्त्रीको आधिकारिक भेटको सम्भावना न्यून प्राय छ ।

यसको अनेक राजनैतिक कारणहरु छन् तर अहिले दुवै प्रधानमन्त्री आ-आफ्नो पछिल्लो कार्यकाल जस्तो स्थितिमा नहुनु एउटा प्रमुख कारण हुनसक्छ । सम्भवत संयुक्त राष्ट्र संघमा भारतको तर्फबाट भारतीय विदेश मन्त्री एस. जे. शंकरले सम्बोधन गर्ने योजना समेत बताइएको छ ।

प्रतिक्रिया