काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

कठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गरेका छन् । 

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिबार एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने भनाइ राखे  । उनले सेवा गरेमात्र जनताले पत्याउने बताए  । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उनले व्यवहारिक कुरा गर्नुपर्ने बताए । 
 
उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकताले इमान्दार र नैतिक आचारण हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया