पार्टि नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्छ: शंशाक कोइराला

 

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टि नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन् । कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टिले  प्रोत्साहान गर्नुपर्ने बताए ।

आज शनिबार धुलिखेलमा बि.पी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले युवाहरुको मागलाई पार्टिले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए । कोइरालाले भने नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवा सदाबाहार पार्टि सभापति नहुने तर पार्टिले युवाहरुलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

बि.पी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराईलाई पार्टि सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै नेता कोइरालाले त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताए ।

कोइरालाले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने औँल्याए । नेता कोइरालाले कांग्रेसले बलियो भएर पनि बहुमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुने गरी काम गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया