कांग्रेस एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन्: सभापति देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताका लागि कचकच भईरहेका बेला कांग्रेस–एमालेको गठबन्धनबाट जनता खुशी र आनन्दित भएको बताएका छन् । 

शनिबार काभ्रेको धुलिखेलमा वी.पी. कोईरालाको शालिक अनावरण गर्दै सभापति देउवाले  सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका हुन् ।  

उनले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आईरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गरए । 

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए । 


 

प्रतिक्रिया