एन्फा महिला फुटबल: नेपाल पुलिस क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्‍यो  । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णिमा हमालले एक एक गोल गरिन् ।

जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ । सुदूरपश्चिमको भने यो लगातार सातौँ हार हो ।

त्यस्तै,  शनिबार नै भएको दोश्रो खेलमा पुलिस क्लबले वालिङ नगरपालीकालाई २–० गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् । 

प्रतिक्रिया