माओवादी नेता भन्छन् : बालेनहरुमा आवेग भएपनि आशा छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले  नयाँ भनिएका  बालेनहरुमा आवेग भएपनि आशा गर्न नसकिने बताएका छन् । 

एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम विशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै नेता कार्कीले बालेन साहहरु जस्ता जनताले अपेक्षा गरेकाहरु आबेगमा मात्रै आउने गरेका भन्दै उनीहरुप्रति कुनै आशा भने नभएको बताए । नेता कार्कीले उनीहसँग कुनै बिचार नभएकाले पुराना नेताहरुलाई प्रतिस्थापन गर्न सक्ने हैसियत नभएको दाबी गरे ।

एक प्रश्नको उत्तरमा यूट्यूवमा हल्ला गरेर मात्रै नहुने भन्दै कार्कीले संघर्षले अर्काे नेतृत्व जन्माउने उल्लेख गरे । देशमा फेरि राजनीतिक आँधी बेहरी आउने र त्यसले विद्यमान र वर्तमान विसंगतीलाई बढार्ने नेता कार्कीको भनाई छ । कार्कीसँगको बिस्तृत कुराकानी आज शनिवार राति ८ बजे एभिन्यूज खबर टेलिभिजनमा हेर्न सकिनेछ । 
  

प्रतिक्रिया