जापानमा बाढी पहिरोका कारण एकको मृत्यु, सात बेपत्ता

एजेन्सी । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । 

सरकारले  विज्ञप्ति मार्फत घटनाको पुष्टि गरेको छ । बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत  गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । 

जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ । इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन्  प्रभावित क्षेत्रका केही मानिसहरु सञ्चार सेवा विहिन भएको अपरेटरहरूले बताएका छन् ।  

बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका  बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।  इशिकावाकोे निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन बिभागले जनाएको छ ।

जापान मौसम विज्ञान बिभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको  छ । प्रधानमन्त्री फुमियो किशिदाले सरकारलाई प्राथमिकताका साथ  जनताको जीवन बचाई विपद् व्यवस्थापन गर्न निर्देशन दिएका छन् । 
 

प्रतिक्रिया