४३ वर्षीया आतिशी बनिन् दिल्लीको मुख्यमन्त्री

एजेन्सी । भारतमा आम आदमी पार्टीकी नेता ४३ वर्षीया आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छिन् । 
उनले शनिबार नै उपराज्यपाल बीके सक्सेनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।  तिहाड जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले  मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । मदिरा नीति बनाउने क्रममा भ्रष्टाचार गरेको भन्दै यस अघिका मुख्यमन्त्री  केजरीवाल ६ महिना तिहाड जेलमा बसेका थिए ।केजरीवाल अदालतको आदेशमा छुटेका थिए ।

 आम आदमीको संसदीय दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । आतिशीसँगै कैलाश गहलोत, गोपाल राई, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावतले पनि मन्त्रीको सपथ लिएका छन् । सपथ ग्रहण समारोहमा अरविन्द केजरीवाल पनि सहभागी भएका थिए ।

प्रतिक्रिया