फ्रान्ममा पौडी खेल्ने क्रममा  डुबेर एक  नेपाली बिद्यार्थीको मृत्यु

दीपक चालिसे

फ्रान्स । फ्रान्ममा पौडी खेल्ने क्रममा  डुबेर एक  नेपाली बिद्यार्थीको मृत्यु भएको छ । 

५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका लागि  बिद्यार्थी भिषामा फ्रान्सको मोन्टपेलियर शहरमा आएका बिष्णु अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

यही १० सेप्टेम्बरमा पौडी खेल्ने क्रममा डुबेका उनको उपचारार्थ  अस्पताल  भर्ना गरिएकोमा गत बुधवार(१८ सेप्टेम्बर २०२४ मा ) मृत्यु भएको   उनी निकट साथी फ्रान्सस्थित नेपाली दूतावास ले जनाएको छ।पाल्पाको तानसेनमा जन्मिएका अधिकारीको स्थायी बसोबास  हुप्सेकोट–२, नवलपरासी रहेको बुझिएको छ । 
 

प्रतिक्रिया