काभ्रेमा बनेपा महोत्सवको शुरु

काभ्रे । काभ्रेको बनेपामा बनेपा महोत्सवको पाचौं संस्करण शुरु  भएको छ । हाम्रो अभियान खेलको शान, संस्कृति र सम्बृद्धि बनेपाको पहिचान भन्ने मूलानाराका साथ बनेपा ब्वाइज क्लबले महोत्सव आयोजनामा गरेको हो । 

महोत्सवको उदघाटन कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताए । महोत्सवमा कमाउ भन्दा पनि सफा, स्वच्छ र सहुलियत मेला गर्न उनले आग्रह गरे ।

मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष राखिएको छ । मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्था गरिएको छ भने मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ ।

बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रर्वद्धन, खेलकूदको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

प्रतिक्रिया