पर्वतमा गर्भपतन गराउनेको संख्या बढ्दो

पर्वत । पर्वतमा गर्भपतन गराउनेहरूको संख्या बढ्दै जान थालेको छ । 

सरकारी अस्पताल मै सुत्केरी हुने महीला भन्दा गर्भपतन गराउने  महिलाको संख्या बढ्दै जान थालेको हो । पर्वत अस्पतालले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/ ०८१ म  पर्वत अस्पतालमा पुगेर सुत्केरी हुनेको  संख्या तीन सय १४ रहेको छ भने अस्पतालमा आएर गर्भपतन गराउनेको संख्या २ सय ४४ रहेको छ । 

जिल्ला अस्पताल वाहेक  जिल्लाका अन्य सरकारी  स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने  कुल  ६ सय २२ जना रहेका छन् भने भर्गपतन गराउने  नौ सय ७ जना रहेका छन् । चेनताको अभाव र गर्भवती आमाको स्वास्थ्यको ख्याल नगरी गर्भ पतन गराउनेको दर बढ्नु चिन्तको विषय भएको चिकित्सकको भनाइ छ । 

सरकारी तथ्याङ्कमा  गर्भपतन गराउनेको दर बढदै जान थालेको छ भने निजि स्वास्थ्य संस्थामा पुगेर लिङ्ग पहीचान पछि गर्भपनत गराउनेको दर अझै भयाभह भएको प्रति रोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।  सिमित श्रोत साधनले सेवाग्राहीका असिमित आवश्यकताहरु पुरा गर्न अस्पताललाई समस्या रहे पनि उपलब्ध श्रोत साधनको उचित उपयोग गरेर सेवा दिईरहेको पर्वत अस्पतालले जनाएको  छ ।

१५ शैयाको स्विकृत दरबन्दी भएको पर्वत अस्पतालले  ६० शैयाको सेवा प्रवाह गर्दै आइरहेको छ । दैनीक दु्ई सय जनाले उपचार गराउने पर्वत अस्पतालमा १३ जना स्थाई कर्मचारी रहेका छन् । यस्तै,  अस्पतालमा विभिन्न प्रदेश मन्त्रालयका करार र समीतीका गरी  ९८ जना कर्मचारी रहेका छन् ।

प्रतिक्रिया