बुढानिलकण्ठ नगरपालिका र सोटोको संयुक्त आयोजनामा एकदीवसीय पदयात्रा

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटो) को संयुक्त आयोजनामा एकदीवसीय पदयात्रा आयोजना गरिएको छ । 

४५ औं विश्व पर्यटन दिवसको पुर्वसन्ध्यामा बुढानिलकण्ठ मन्दिरदेखि मुहानपोखरीसम्म एकदिवसीय पदयात्राको आयोजना गरिएको हो । पदयात्राले बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
 
कार्यक्रममा सहभागीहरुले बुढानिलकण्ठ नगरपालिका धार्मिक तथा प्राकृतिक रुपमा फराकिलो क्षेत्र भएकोले यसको सम्वर्दनमा सबै जुटनुपर्ने बताए । 
 
पदयात्रामा नेपाल पर्यटन बोर्ड,नेपाल वाणिज्य महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया