रास्वपा सभापतिले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित भएन  : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको बताएका छन् । 

प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन् । अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न नहुने उनले बताए । 

महासचिव पोखरेलले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह कति सफल, कति असफल भन्नका लागि उनले गरेका कामहरू हेर्नुपर्ने बताए । बालेनको चर्चाको आधार अराजकता भएको महासचिव पोखरेलले अरोप लगाए । 

लोकतन्त्रलाई कमजोर पार्ने गरी वर्तमान सत्ता समीकरणको बारेमा हल्ला फैलाउन खोजिएको टिप्पणी महासचिव पोखरेलको छ । एमाले र कांग्रेस एक्लाएक्लै चुनाव लड्ने कुराले माओवादी अध्यक्ष दाहाललाई छट्पटी भएको समेत उनले बताएका छन् । 
 

प्रतिक्रिया