भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका प्रस्थान गरेका छन् ।  

तीन दिने भ्रमणमा प्रधानमन्त्री मोदीले छैटौँ क्वाड लिडर सम्मेलनमा भाग लिने कार्यक्रम छ । यसबाहेक उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’ बैठकमा सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले क्वाड शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री फुमियो किशिदासँग भेट्न उत्सुक रहेको बताएका थिए । उनले यो फोरम इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि काम गर्ने समान विचारधारा भएका देशहरूको अग्रणी समूहको रूपमा उभिएको बताएका छन् ।

भारत–अमेरिका द्विपक्षीय वार्ताको सन्दर्भमा प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनसँगको आफ्नो भेट भारतीय जनताको हित र विश्वव्यापी कल्याणका लागि रणनीतिक साझेदारीलाई सुधार गर्नमा केन्द्रित हुने बताएका छन् । 

अमेरिका भ्रमणका क्रममा मोदीले भारतीय प्रवासी र अमेरिकी व्यापारी नेताहरूसँग पनि भेट गर्नेछन् । 

प्रतिक्रिया