श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन

एजेन्सी । श्रीलंकामा शनिबार राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । 

सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो । त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्नुपरेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो ।  त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए । 


अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ । करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन् । धेरै विश्लेषकहरूले यस चुनावमा मतदाताहरूमा आर्थिक सुधारको चिन्ता हुने भएकाले कडा प्रतिस्पर्धा हुन सक्ने अनुमान गरेका छन् । 

राष्ट्रपतिको दौडमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित जनाथा विमुक्‍ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायक, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसा, राजापक्षे परिवारका श्रीलंका पोडूजना पेरामुना पार्टीका नमल राजापक्षे, पिपुल्स स्ट्रगल एलाइन्सका नुवान बोपेज प्रमुख उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया